नेपालगञ्ज : कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि सहयोग गरेको छ ।
क्लबले जिविकोपार्जनका लागि मौरीपालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य विभिन्न उपकरण प्रदान गरेको हो ।
कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधरलगायतको उपस्थितिमा मौरी भरिएका घार र अन्य उपकरण किसानलाई वितरण गगरिएको थियो ।
सो अवसरमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले कतार च्यारिटीले विपन्नहरुका लागि थुप्रै परियोजना र कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै राम्ररी मौरी पालन गरेर आर्थिक रुपमा सबल बन्न आग्रह गरे । उनले भने–‘ मौरी पालनको माध्यामबाट आफ्नो आयआर्जन गर्नुहोस । तपाईले गरेको प्रगतीलाई छरछिमेकले पनि उदाहरणको रुपमा लिन सकुन ।’
क्लबका क्लबका प्रमुख संरक्षक सिद्दिकीले मौरी पालन गर्ने किसानलाई आफ्ना बालबालिका र परिवारलाई दिगो जीविकोपार्जन, राम्रो शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र पोषण उपलब्ध गराउन मौरीपालनमा सहयोग गरिएको बताए ।
सो अवसरमा कृषि सहयोग समूह खजुराका अध्यक्ष कमला न्यौपाने, बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगालीलगायतको उपथिति रहेको थियो । सो समुहले खजुरामा क्लवले सञ्चालन गरेका केही अन्य जिविको पार्जनका कार्यक्रम समेतको अनुगमन गरेको थियो ।