महिलाको मृत्युपछि लम्की बजार तनावग्रस्त

सदरलाइन संवाददाता ९ मंसिर २०७८, बिहीबार १४:३७
 

नेपालगञ्ज : ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि बजारमा तनावग्रस्त बनेको हो ।

मृतक महिलाको सनाखत भएको छैन । मृत्युपछि स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भीड नियन्त्रण गर्नले प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरिसकेको छ ।


अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुवेतलाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

९ मंसिर २०७८, बिहीबार १४:३७
काठमाण्डौ : युएईमा भईरहेको आईसीसी महिला टी–३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ । छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो । लगातार दुई जितपछि नेपालले […]

सम्बन्धित