मोहर्रमका अवसरमा नरैनापुर र जानकीद्वारा मंगलबार सार्वजनिक बिदा

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १४:०४
 

नेपालगञ्ज : नेपालका हिन्दु मुस्लिमले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकामा हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

मुस्लिम समुदायले मात्र नभइ गाउँपालिक क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन मनाउने गरेकाले विदा दिइएको उनले बताए ।


स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भएअनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो ।

यसैगरी जानकी गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो

२३ श्रावण २०७९, सोमबार १४:०४
दाङ : दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा मार्बल चिल्लो बनाउने क्रममा विकलाई […]