घटस्थापनादेखि नेपालगञ्ज–लखनउ सोझै बस सेवा

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १५:१०
 

नेपालगञ्ज : नेपालगञ्जबाट भारतीय शहर लखनउका लागि यातायातको सोझो र सजिलो माध्यम जोडिने भएको छ । त्यसका लागि नेपालगञ्जका व्यवसायीले सोझै बस सेवा सञ्चालन गर्ने भएका हुन् ।

‘घटस्थापनाको दिन विहानैदेखि डाइरेक्ट बस सेवा शुभारम्भ गर्दैछौं’, बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले भने, ‘हरेक दिन विहान जाने र बेलुका फर्किने सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ ।’ त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले यसै दशैंको घटस्थापनाबाट सेवा शुभारम्भ गर्न लागिएको सञ्चालक पौडेलले बताए ।


नेपालगञ्ज हुँदै विभिन्न ठाउँबाट दिल्लीका लागि प्रत्यक्ष बस सेवा सञ्चालन भैरहँदा लखनउका लागि भने त्यसखालको प्रभावकारी सेवा उपलब्ध थिएन । ‘निकै पहिलेदेखि माग भै आएकाले हामीले पहल लिएका हौं’, दैनिक एउटा बस जाने र अर्को फर्किने व्यवस्था तत्कालका लागि गरिएको जानकारी दिंदै सञ्चालक पौडेलले भने, ‘यात्रुको चाप र आवश्यकतालाई मध्यनजर भोलिका दिनमा सेवा दोब्बर गर्न तयारी अवस्थामा छौं ।’

बाँकेको कोहलपुरबाट एकाविहानै छुट्ने लखनउको बस नेपालगञ्जमा होल्ड गरी लखनउ बास बस्न पुग्नेछ । अर्को बस लखनउबाट साँझका यात्रुहरु लिएर विहानै नेपालगञ्ज आइपुग्ने पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दिउँसो सामान लोड र अनलोड गर्न नपाइने

२७ आश्विन २०८०, शनिबार १५:१०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक ब्यवस्थापनका लागि मालबाहक सवारी साधन र अन्य सवारी साधनको ब्यवस्थापनको काम अघि बढाएको छ । मालबाहक सवारी साधनबीच सडकमा घण्टौंसम्म रोकेर सामान राख्ने र निकाल्ने कार्यले ट्राफिक ब्यवस्थापनमा समस्या परेपछि नयाँ नियम कार्यान्वयनमा ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उपमहानगरपालिका भित्र […]