धानको ब्याड राख्न व्यस्त किसानलाई रासायनिक मलको अभाव

यदुराज मिश्र २८ जेष्ठ २०७९, शनिबार १४:४०
 

नेपालगञ्ज : धानखेतीका लागि व्याड राख्न व्यस्त पश्चिम तराईका किसानलाई रासायनिक मलको अभाव चर्किएको छ । अन्नका भण्डारकारुपमा चिनिने बाँके, बर्दिया, दाङ, कैलाली र कंचनपुरलगायतका जिल्लामा विगतका वर्षजस्तै यो पटक पनि रासायनिक मलको चरम अभाव देखिएको हो ।

अवको करिव दुई सातापछि रोपाइँमा व्यस्त हुने यसक्षेत्रका किसानले ब्याडलाई चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया, डिएपी, पोटासलगायतको मलको जोहो गर्न सकेका छैनन् ।

डुडुवा गाउँपालिका ६ का किसान सावितराम यादवले धान सिजनमा मल अभाव हुँदा लगानीनै खेर जाने गरेको दुखेसो पोखे । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका अनुसार धान खेतीका लागि मात्रै बाँकेका किसानलाई ३ हजार मेट्रिकटन युरिया, १ हजार दुई सय मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास आवश्यक पर्छ ।


डिएपी मल आउनेक्रममा रहेपनि युरिया र पोटासको भने अझै टुंगो नभएको कम्पनीका प्रमुख रमेश पौडेलले बताए । कम्पनीले बाँकेका १०७ सहकारीमार्फत् मल वितरण गर्ने गरेको छ । आवश्यकताभन्दा ज्यादै न्यून मल पाएपछि किसानलाई कसरी वितरण गर्ने भन्ने तनावमा रहेको कोहलपुर सहकारी संस्थाका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।

सरकारले ०७९/८० को बजेटमा कृषिको आधुनिकीकरण, बजारीकरण र यान्त्रिकीकरणमार्फत पाँच वर्षभित्र नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उल्लेख छ । तर किसानहरु भने वर्षेनी मल र वीउकै अभावमा पिल्सिनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके, बर्दिया र कैलालीमा बाघको आक्रमणबाट ३० जनाको मृत्यु

२८ जेष्ठ २०७९, शनिबार १४:४०
नेपालगञ्ज : बाँके, बर्दिया र कैलालीमा ५ वर्षको अवधिमा बाघको आक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । २०७६ यता बाघको आक्रमणबाट ३० जनाले ज्यान गुमाएका हुन् । सबैभन्दा बढी बर्दियामा २३, बाँकेमा ६ र कैलालीमा एक जनाको मृत्यु भएको हो । पछिल्लो समय बर्दियामा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै आक्रमणका […]