करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १६:२१
 

दाङ : दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।


करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा आइतवार राती ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रहरी हिरासतबाट भागेका युवक पक्राउ

२३ श्रावण २०७९, सोमबार १६:२१
बर्दिया : जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका एक अभियुक्त हिरासतबाटै भागेपछि फेरि पक्राउ परेका छन् । बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएका बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय अब्दुल खाँ खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए । फरार भएका खाँलाई प्रहरी निरीक्षक हृदेश कुमार […]

सम्बन्धित