बागेश्वरी परिसरमा चिल्ड्रेन पार्कको निर्माण शुरु

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १४:१७
 

नेपालगञ्ज : बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण शुरु भएको छ । करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।

यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।

भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।


करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिने छ ।

यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा एक युवक झुन्डिएको अवस्थामा फेला

२२ श्रावण २०७९, आईतवार १४:१७
कैलाली : कैलालीमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका–३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन् । उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाबारे […]