बाँकेको खजुरा गाउपालिकाको नीति र कार्यक्रम प्रस्तुत

१० असार २०७७, बुधबार १४:३७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेर आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षतिले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेको कुरामा जोड दिए ।

उनले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको आधुनिकिकरण र व्यवसायिककरण गर्न सहुलियत विउ विजन, सिचाई, प्रविधि, तालिम, पकेट क्षेत्र स्थापना गरिने बताईएको छ ।

यसैगरी बाँझो जग्गाहरुको एकिकृत संकलन गरि पुन उपयोगको व्यवस्था मिलाउन भुमि बैंकको अवधारणा अघि बढाइने, सो कार्यलाई प्रोसाहन गर्न सहुलियत मिलाउने र अनुदानका कार्यक्रम सन्चालन गर्नेका साथै कोभिड–१९ विषेश कृषि कार्यक्रम सन्चालन गरिने नीति लिइएको गाउँपालिकाका प्रमुख कक्षपतिले बताए ।

शिक्षाको मुलधारमा ल्याउन १५ देखि ५९ उमेर समुहका व्यक्तिहरुलाई साक्षर बनाउन, सबै बालबालिकाको बढ्ने अधिकारको सुनिश्चित गर्न अनिवार्य निशुल्क आधारभुत शिक्षा प्रदान गर्ने, माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्दै लगिने, प्रविधिमैत्रि शिक्षा सहित व्यवस्थापन मिलाइने नीति लिएको छ ।

स्वास्थ्य तर्फ स्वस्थ गाउँको अवधारणा अनुसार स्वच्छ खानेपानि, सुविधा सम्पन्न सौचालय लगाएतका सुचकहरु तयार गरि लागु गरिने नीति लिइएको छ । स्वास्थ्य सेवालाई आधुनिक र सेवाग्राहीमैत्रि बनाइने, एकिकृत र दिगो स्वास्थ्य सेवा प्रणालिको सस्थागत संरचनाको विकासमा जोड दिइएको छ ।


जेष्ठ नागरिकलाई ६÷६ महिनामा विशेषज्ञ सेवा सहितको निशुल्क सेवा प्रदान गर्ने, ८४ वर्ष पुरा भएका अति विपन्न वर्गका लागी आर्थिक सहयोग गरिने नीति लिइएको छ ।

त्यस्तै उद्योग पर्यटन विकासलाई पनि नीतिमा समेटेको छ । पर्यटन तर्फ होमस्टेको अवधारणालाई अघि बढाइने, खजुरा ४ मा पर्यटकियस्थलको विकास गरिने नीति लिएको छ । पुर्वाधार विकास तर्फ सडक, तथा पुल, सिचाई, लघु तथा साना जलविद्युत लगाएतका विकास गर्दा बातावरण मैत्रि गुणस्तरिय विकासमा जोड दिइनेछ ।

शुसासन पारदर्शिता, जवाफदेयिता, र उत्तरदायि शासन प्रणाली तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न निति लिइएको छ । गाउँपालिकाको सिफारिसमा उद्यम गर्ने युवाहरुलाई बैंक वित्तीय सस्थामार्फत १० लाख सम्म विना धितो कर्जा उपलव्ध गराउन सक्ने व्यवस्था मिलाइने नीति गाउँपालिकाका प्रमुख कक्षपतिले प्रस्तुत गरेका छन ।

स्थानीय स्रोत साधनको पहिचान गरि यसको अधिकतम उपयोग गर्ने, रोजगारिको अवसर सिर्जना गरि गरिवी न्यूनिकरण गर्नै नीति लिइएको कक्षपतिले जनाए । प्रदेश सरकारबाट घोषणा भएको प्रदेशस्तरिय विश्व विद्यालय स्थापना र सन्चालनमा ल्याउन गाउँपालिकाबाट आवश्यक सहयोग उपलव्ध गराइने नीति लिइएको छ ।

गाउपालिककाका उपाध्यक्ष एकमाया बिकको अध्यक्षतामा सुरु भएको गाउ सभामा पालिकका अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सभाका सदस्यहरुबीच छलफल सुरु भएको छ ।

Next Post

नागरकिता बिधेयकबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

१० असार २०७७, बुधबार १४:३७
सदरलाइनडटकम, नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालले नागरिकता संसोधन बिधेयक २०७७ बिरुद्ध नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ । पार्टीले विधेयकप्रति असहमति जनाउँदै बुधवार नेपालगञ्जमा बिरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्नासमेत दिएको छ । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, नेपाली बुहारीलाई नागरिकता बिहिन गर्न पाइदैन, […]