डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ, ठगिएका व्यक्ति सम्पर्कमा आउन प्रहरीको अपिल

सदरलाइन संवाददाता १ श्रावण २०८१, मंगलवार २०:३७
 

नेपालगञ्ज : बाँकेमा आफुलाई सिआईविको डिएस्पी भनेर ठागी गर्दै हिड्ने व्यक्ति प्रहरी नियन्त्रणमा परेको छ । प्रहरी नियन्त्रणमा रहेको व्यक्ति दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बिक रहेको बाँके प्रहरीले जनाएको छ ।

उनले विगत ३ महिनादेखि बकिका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी. प्रहरीको र राष्ट्रिय अनुसन्धानको डिएसपी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भए पश्चात निजको खोजतलास सुरु गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार पक्राउ परेको व्यक्तिले बिगत ३ महिनादेखि ठगीगर्दै आएको सूचना प्राप्त भएदेखि नै खोजी गर्दै आएको थियो ।

प्रहरीले सो व्यक्तिलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटिभीरोडमा फेला पारी नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

बाँके प्रहरीले सार्वजनिक सूचना जारी गर्दै ‘निजले अन्यत्र स्थानहरुमा गई आफु डीएसपी. हुँ भनि ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न हुन अनुरेध गरीन्छ’ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एकवर्षमा ट्राफिक सचेतना अभियानको कक्षा तीन गुणा बढीले बृद्धि

१ श्रावण २०८१, मंगलवार २०:३७
नेपालगञ्ज :  बाँकेमा सडक दुर्घटना न्युनिकरणको लागि एक वर्षमा ट्राफिक सचेतना अभियानको कक्षा तीन गुणा बढीले बृद्धि गरी सञ्चालन गरिएको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक जनचेतनाका बारेमा अघिल्ला वर्षमा दैनिक २–३ वटा कार्यक्रम सञ्चालन हुने गरेकोमा यो आर्थिक वर्षमा दैनिक ७ वटा […]