कैलालीमा चितुवाको छालासहित ४ जना पक्राउ

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १४:०८
 

कैलाली : कैलाली प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेका छन् । उक्त बोलेरो जीप बुडरबाट धनगढी तर्फ आइरहेको थियो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट चितुवाको छाला र २ किलो चितुवाको हड्डी बरामद भएको छ । पक्राउ परेका सबैलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बाँकेमा ११ जना कोरोना संक्रमित थपिए

२० श्रावण २०७९, शुक्रबार १४:०८
नेपालगञ्ज : बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ जनाको परीक्षण गर्दा १० र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट १ गरी ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये ४ जना बाँकेका हुन् […]