जोखिम मोलेर महेन्द्र बहुमुखी क्याम्पसमा पठनपाठन

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १४:३८
 

नेपालगञ्ज : पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको भवन जीर्ण हुँदा जाखिम मोलेर पठनपाठन भइरहेको छ । ५९ वर्ष पुरानो भवनमा जिर्णोद्धार नुहँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ । भवनको छत जीर्ण भएको छ ।

छतबाट पानी चुहिएर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख लालमणी आचार्यले भवन जीर्ण भएका कारण क्याम्पस अन्यन्त संकटमा रहेको बताए । उनले समयमा मर्मत सम्भार नभए ठुलो दुर्घटना हुने खतरासमेत उत्तिकै रहेको बताए ।


करिब ५९ बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहे पनि त्यही भवनमा पठनपाठनको काम हुँदै आएको छ । २०१९ सालमा महेन्द्र डिग्री कलेजको नाममा स्थापना हुँदा क्याम्पस भवनको निर्माण भएको हो ।

डिग्री कलेजको नाममा स्थापना भएको क्याम्पसलाई २०२८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नामाकरण गरिएको हो । स्थापना भएको ५५ वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मर्मत सम्भार भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

१७ श्रावण २०७९, मंगलवार १४:३८
मुगु : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ । हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ । विपद्, आगलागी जस्ता घटना भएमा आपत्कालीन र तत्काल […]