लयन्स क्लवको पदहस्तान्त्रण सम्पन्न

सदरलाइन संवाददाता ३२ असार २०७९, शनिबार १९:३६
 

कोहलपुर (बाँके) :  लायन्स क्लब अफ कोहलपुर मानसरोवर र लायन्स क्लब अफ कोहलपुर कस्तुरीको संयुक्त आयोजनामा पद हस्तान्तरण कार्यक्रम शानिबार कोहलपुरमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ मानसरोबरका निबर्तमान अध्यक्ष प्रकाश शाहले बर्तमान अध्यक्ष बिष्णु बेल्बासे र लायन्स क्लब अफ कस्तुरीकी निबर्तमान अध्यक्ष संगिता सुबेदीले बर्तमान अध्यक्ष अन्जु न्यौपानेलाई पद हस्तातरण गरेका हुन ।

पद हस्तातरण कार्यक्रममा पदभार गहण गरेका अध्यक्षहरुले समाजमा अप्ठयारोमा परेका ब्यक्तिहरुलाई दु्रत मानबिय सेवा दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

लायन्स क्लब इन्टरनेशनल ३२५ एनको आयोजनामा सम्पन्न पदभार कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक गर्भनर सिवि चन्दले लायनहरु सकारात्मक कुरा सिकेर दुख पीडामा परेका दिनदुखीहरुको निशुल्क सेवामा लाग्नुपर्नेमा जोड दिए ।


उनले डोनेशन लिएर त सबैले सहयोग गर्न सक्छ तर लायनहरु निशुल्क अनि यथाशिघ्र सहयोग कार्यक्रम लिएर अप्ठयारोमा परेका ब्क्ति समुदाय र स्थानमा जाने भएकाले लायनको छुट्टै पहिचान भएको जिकिर गरे ।

लाइन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक कोषाध्यक्ष खेमराज भट्ट बिशिष्ट अतिथी रहेको कार्यक्रममा लायन अग्रजहरु चिन्तामणी धिताल, एलबि क्षेत्री, टिपि न्यौपाने, अशोक कोइरालालगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन लायन बिनोद भट्टराइले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउन १ गते ई–रिक्सामा पुगे मेयर विष्ट

३२ असार २०७९, शनिबार १९:३६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय अटो रिक्सामा फर्के । आईतबार उनी कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र पैदलै पुगे । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्देश्यले नगर प्रमुख विष्ट आईतबार विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुगेका […]

सम्बन्धित