इमाम हुसैन बृहद रक्तदान कार्यक्रम नेपालगञ्जमा हुने

सदरलाइन संवाददाता १८ श्रावण २०७९, बुधबार १५:२२
 

नेपालगञ्ज : पछिल्लो समय बाँकेमा रगत अभाव भएर बिरामीलाई सकस भईरहेका बेला त्यसको समाधानका लागि बाँकेका मुस्लिमहरुले बृहद रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

मोहर्रमको अवसरमा इमाम हुसैन खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाल मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिए ।


दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले रगत परिपूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रम भेरी अस्पताल परिसरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राङणमा बिहीबार बिहान ८ बजेदेखि सञ्चालन गरिने अध्यक्ष हिमालयले बताए ।

कार्यक्रममा रक्तदान गर्न इच्छुकहरुलाई सहभागिता जनाइ दिन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनुगमन

१८ श्रावण २०७९, बुधबार १५:२२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनुगमन थालेको छ । नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा […]