मदिरा सेवन गरी विद्यालय पुगेका प्रधानाध्यापक पक्राउ

सदरलाइन संवाददाता १६ श्रावण २०७९, सोमबार १४:४३
 

नेपालगञ्ज : मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल जाँचका लागि लगिएको छ ।


अस्पतालको रिपोर्टको आधारमा पक्रिया अघि बढाइने पन्तले बताए । सोमबार बिहान प्रअले विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला

१६ श्रावण २०७९, सोमबार १४:४३
दाङ : प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नं–५ आरुडाँडास्थित बाटो मुनी एक खोल्सामा स्थानीय ५६ वर्षीय दाइराम थापाको शव फेला परेको हो । उनको शव स्थानीयले सोमबार विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाकाअनुसार दाइरामको […]