कोहलपुरमा निःशुल्क कोरोना जाँच शुरु

सदरलाइन संवाददाता १० माघ २०७८, सोमबार १४:२६
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा सोमवारदेखि निःशुल्क एन्टिजेन विधिमार्फत कोरोनाको जाँच शुरु भएको छ ।

कोहलपुर नगरपालिकाले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशुल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गरेको हो ।


नगरपालिकाले हप्तामा सोमवार र विहीबार दुई दिन कोरोना जाँच गर्ने उपमेयर संजुकुमारी थारुले जानकारी दिइन् । कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै नेपालगन्ज र कोहलपुर हटस्पट बनेको छ । पहिलो र दोस्रो लहरमा पनि बाँके कोरोनाको हटस्पट बनेको थियो ।

पछिल्लो साता यता परीक्षण गरिएकामध्ये ६० प्रतिशत बढीमा भाइरस संक्रमण पोजेटिभ देखिरहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार संक्रमित अधिकांश नेपालगञ्ज र कोहलपुर लगायत क्षेत्रका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाख्रालाई करणी गरेको आरोपमा एक पक्राउ

१० माघ २०७८, सोमबार १४:२६
नेपालगञ्ज : कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । […]