नेपालगञ्ज : नेपाली सेना दिवसको अवसर पारेर आगामी फाल्गुण २६ गते बाँकेमा दोस्रो नेचर कञ्जरभेषण (रनफरफन) को आयोजना गरिने भएको छ । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाको आयोजनामा बाँके राष्ट्रिय निकुञ्ज परिसर शम्शेरगञ्जमा सो कार्यक्रमको आयोजना गरिने नंम्बर ४ बाहिनी अड्डका बाहिनीपति तथा सहायक रथी हरेन्द्र पाठकले जानकारी दिए ।
नंम्बर ४ बाहिनी अड्डा राँझामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाहिनीपति तथा सहायक रथी पाठकले नेपाली सेना र नागरिकको सम्बन्धमा अझ प्रगाढ बनाउदै संरक्षणमा समेत सहयोग पुराउने उद्देश्यले रन फर फन कार्यक्रमको आयोजना गर्न लगिएको बताए ।
बाहिनीपति पाठकले दिएको जानकारी अनुसार रन फर फन कार्यक्रममा २१ किलोमिटर पुरुष दौड, १० किलोमिटर महिला दौड, ५ किलोमिटर महिला–पुरुष र २५ किलोमिटरको साईक्लिङ्ग प्रतियोगिताको आयोजना गरिने भएको छ । यसमा नागरिक, सैनिक जो कोही पनि सहभागि हुन पाउने आयोजकले जनाएको छ ।
सैनिक नागरिक सम्बन्धमा सुधार ल्याउन, बाँके रष्ट्रिय निकुञ्जको विकास तथा प्रबद्र्धनमा टेवा पुराउनुको साथै शाररीक तन्दुरुस्तीको लागि प्रतियोगिता आयोजना गरिएको हो ।