विपीको ४०औं स्मृति दिवसमा खजुरामा बृक्षारोपण

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १३:१६
 

खजुरा (बाँके) : नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले गुटबन्दी गरेर कांग्रेस बलियो नबन्ने भन्दै सबै नेता कार्यकर्ताहरुलाई बलियो र सुदृढ कांग्रेस बनाउनतर्फ लाग्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ कार्यसमितिले विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा मंगलवार आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले केन्द्रीय नेताहरु नै गुटबन्दीमा रमाइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

उनले संघ र प्रदेशको निर्वाचन निकट रहेकाले कांग्रेस जिताउने अभियानमा एकजुट भएर लाग्न आह्वान गरे । स्थानीय तहमा प्राप्त गरेको सफलता संघ र प्रदेशमा पनि हासिल गर्ने गरी लाग्न उनले आग्रह गरे ।


वडा नम्बर ३ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा गरिएको बृक्षरोपण कार्यक्रम वडा नम्बर ३ का सभापति शेषकान्त कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

सभापति गौडेल प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा विशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाली कांगेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत अन्य नेता कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इप्रका बाँसगढीबाट बलात्कार मुद्दाका थुनुवा फरार

१० श्रावण २०७९, मंगलवार १३:१६
बर्दिया : इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार अभियोगमा पक्राउ परेका एक थुनुवा फरार भएका छन् । बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खाँ सोमबार दिउँसोबाट फरार भएका हुन् । गत असार २३ गते पक्राउ परेका उनी सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको […]