पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी बढे

यदुराज मिश्र १० श्रावण २०७९, मंगलवार १३:१२
 

नेपालगञ्ज : गर्मियाम र वर्षात शुरु भएपछि पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी ह्वात्तै बढेका छन् । पश्चिम नेपालको रेफरल भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ ।

अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेका अनसार दैनिक १० देखि २० जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेका छन् । अधिकांश ती बिरामी रेफर भएर आउने गरेको पाइएको उनले बताए ।

अस्पतालमा आएकामध्ये हप्तामा ५÷७ जनालाई आइसीयू र भेन्टिलेरमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको उनको भनाई छ । बाँकेसहित बर्दिया, दाङ, सुर्खेत, कैलालीबाट बिरामी आउने गरेका छन् ।


जिल्ला बाहिरबाट आउने अधिकांश बिरामी गम्भीर प्रकृतिको हुने भएकाले उनीहरुलाई एन्टि स्नेक भेनमसहित आइसीयूको जरुरत पर्ने गरेको डा. पाण्डेले बताए ।

बर्षात शुरु भएपछि भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये २ जनाको मृत्यु भइसकेको रेकर्ड छ । यस्तै आउँदा आउँदै बाटोमा ४ जना सर्पदंशका बिरामीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपीको ४०औं स्मृति दिवसमा खजुरामा बृक्षारोपण

१० श्रावण २०७९, मंगलवार १३:१२
खजुरा (बाँके) : नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले गुटबन्दी गरेर कांग्रेस बलियो नबन्ने भन्दै सबै नेता कार्यकर्ताहरुलाई बलियो र सुदृढ कांग्रेस बनाउनतर्फ लाग्न आह्वान गरेका छन् । नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ कार्यसमितिले विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा […]