
सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा शुक्रवार फेरी गोली चल्दा तीनजना प्रदर्शकारी घाइते भएका छन् । प्रशासनले बिहीवार लगाएको कर्फ्यु शुक्रबार हटाएपछि प्रदर्शनकारीहरुको आन्दोलन पुनः उग्र हुँदैजाँदा प्रहरीले गोली चलाएको हो ।
आन्दोलनकारीले प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा प्रहरीले गोली चलाएको जनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् भने घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
आन्दोलन उग्र हुँदा कञ्चनपुर तनावग्रस्त भएको छ । निर्मला हत्या छानबिनको माग गर्दै प्रदर्शकारीहरुको आन्दोलन उग्ररुप भएपछि प्रशासनले बिहीवार कर्फ्यु लगाएको थियो ।




