सत्ता टिकाउन नागरिकता विधेयक पारित गरियो : महासचिव पोखरेल

सदरलाइन संवाददाता ८ श्रावण २०७९, आईतवार १४:१५
 

सुर्खेत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको भन्दै आलोचना गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए ।


नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने । नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए ।

महासचिव पोखरेलले गठबन्धन र प्रधानमन्त्रीका लागि सत्तारुढ दलका नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरे ।

सत्ता गठबन्धन पूर्णरुपले असफल भएको र स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिसस बाजुरामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

८ श्रावण २०७९, आईतवार १४:१५
बाजुरा : जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको थियो । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो । नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, […]