नेपालगञ्ज : बाँकेमा कोरोनाका १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा ६० जनाको पिसीआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको भेरी अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।