सदरलाइनडटकम
११ जेठ, नेपालगन्ज : दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्णप्रसाद खरेल मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत १ महिनादेखि अनौपचारिक रुपमा चुनावी अभियानमा होमिएका खरेल नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा
उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष रहेका खरेलले एक पटक नगरको विकासका निमित्त सबैको साथ सहयोगको अपेक्षा रहेको धारणा राखेका छन् ।
नगरका विभिन्न वडाहरुमा विभिन्न साना दलहरुसंग गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको समेत खरेलले जानकारी दिए । ‘गाउँ, बजारमा पकड राम्रो छ, अन्य साना केहि दलले पनि सहयोग गर्ने भनेका छन, त्यसैले जित्ने आधार धेरै छ’– मेयरको उम्मेदवार खरेलले भने ।
मेयर पदमा जितेपछि ग्रिन सिटी बनाउने, सबैजसो स्थानमा रिङ्गरोड बनाउने, भर्खर गाभिएका नयाँ गाविस र बजारको राजश्व प्रकृति अनुसार एकरुपता ल्याउने, वेरोजगार युवायुवतीहरुलाई रोजगारको व्यवस्था गर्ने, नगर भित्र रहेको विद्यालयहरुमा व्यवसायीक शिक्षा लागु गर्ने र एडिवी लगायत अन्य ठूला दातृ निकायसंग सहयोगमा नगरको ढल निकास, फोहर व्यवस्थापन, खानेपानीको सुविधा लगायत ठुला विकासको योजना सफल पार्ने लक्ष्य रहेको समेत खरेलले जनाए ।