कोहलपुर सव डिभिजन वनद्वारा बिरुवा बितरण सुरु

सदरलाइन संवाददाता ३० असार २०७९, बिहीबार १२:२३
 

कोहलपुर (बाँके)  :  कोहलपुर सव डिभिजन वन कार्यालय बाँकेले असार २९ गतेदेखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गर्न सुरु गरेको छ ।

कोहलपुर सब डिभिजन बन कार्यालयका कार्यालय प्रमुख राजबहादुर चौधरीले दिएको जानकारी अनुसार विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लिएर जानसक्ने व्यवस्था मिलाईएको छ । व्यक्तिगत प्रयोजनका लागि २५ वटा विरुवासम्मका लागि सहजै दिन सकिने र संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने छ ।


डिभिजन बन कार्यालय कोहलपुरले करिब एकलाखको हाराहारीमा विरुवा वितरण गरेको चौधरील जानकारीे दिए । लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु बितरण गरिएको थियो ।

डिभिजन बन कार्यालय बांकेका प्रमुख अजितकुमार कर्णका अनुसार यो बर्ष बांकेमा ६ लाख बिरुवा बितरण गर्ने लक्ष्य रहेको बताए । नागरिकहरुको रुचि बमोजिम नै उनीहरुलाई बिरुवा बितरण गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ठुलो परिमाणमा अवैध कपडा बरामद

३० असार २०७९, बिहीबार १२:२३
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १४ भाटनपुर्वाबाट भन्सार छली गरेर ल्याउँदै गरेको २ लाख १७ हजार १ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । […]

ताजा अपडेट