कोहलपुरमा गोलभेंडा दलेर मनाइयो होली

सदरलाइन संवाददाता २३ फाल्गुन २०७९, मंगलवार १४:३७
 

कोहलपुर (बाँके) : पहिलो पटक बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली खेलिएको छ । मंगलबार गोलभेंडाहरूको रंगसँगै ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ ‘ला टोमाटिनो फेस्टिभल’ आयोजना गरेर होली खेलिएको हो ।

सो उत्सवको सुरुवात गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले कोहलपुरमा पर्यटकिय गन्तब्यको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रममा सहकार्य गरिएको कुरामा जोड दिए ।

उनले आफ्नै संस्कृति मनाउनको लागि आफ्नै खेतबारी करेसाबारीको टमाटर, हलेदोलगायतको मिश्रणबाट रशायन युक्त रंग र अविरलाई विस्तापित गरी गोलभेडाको रंङ्गमा होलीलाई उत्सवको रुपमा मनाईनु अत्यन्तै राम्रो कुरा भएको बताए ।


पर्यटकिय दृष्टिकोणले गोलभेंडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने बताउदै नाट्टा बांँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भाईचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो पर्व हाम्रो होली पर्वका अवसर पारेर स्थानिय किसानहरुको उत्पादनको उच्च सम्मान गर्दै भोलिका दिनमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बाँके भित्र्याउन सहज हुन्छ भन्ने आफुहरुलाई बिश्वास रहेको बताए

कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले गोलभेंडा उत्सव गरेको अध्यक्ष  सिग्देलले बताए । आयोजनाबारे प्रकाश पारेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले यसखाले आयोजनाले कोहलपुरलाई एकातिर पर्यटक आकर्षिक गर्न सहयोग पु¥याउने र अर्कोतिर किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे । ‘सेन्थेटिक रंगले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिनका लागि पनि यो कार्यक्रम गरेका हौं,’ उनले भने ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेंडा सिधै किसानबाट खरिद गर्ने जनाएको छ । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ,’ कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको सिग्देलले सुनाए ।

होली खेलेर यस वर्ष वसन्त ऋतु र यसका सबै सुन्दर रंगहरूलाई स्वागत गरौं, जैविक गोलभेडासँग आफू र आफ्ना प्रियजनहरूलाई विषादी पदार्थबाट सुरक्षित राखौं सिन्थेटिक होलीका रंगहरूको सट्टा गोलभेडा होली खेली रमाऔं मुल नारा तय गरिएको थियो । स्थानीयले सामाजिक सञ्जाल मार्फत सो कार्यक्रमको किसानको उत्पादनको खिल्ली उडाएको भन्दै विरोध जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार पनि होली मनाईने

२३ फाल्गुन २०७९, मंगलवार १४:३७
नेपालगञ्ज : पहाडी जिल्लामा उत्सवमय मनाइएको होली नेपालगञ्जमा पनि विभिन्न समुदायका मानिसहरु मिलेर सदभावको पर्वका रुपमा होली मनाउँदै छन् । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन […]