हल्का बर्षाले बाँकेका किसानलाई राहत

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १४:०७
 

नेपालगञ्ज : हल्का बर्षा भएसँगै बाँकेका किसानले राहत महसुस गरेका छन् । हल्का वर्षासँगै रोपाई गर्न पाइने भएपछि किसानहरुले राहत महसुस गरेका हुन् ।

असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाई शुरु भएको बाँकेमा अहिलेसम्म ३० प्रतिशत हाराहारीमा रोपाई भएको छ ।


कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले ३० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई भएको हो । शुक्रबार विहानदेखि पानी पर्न थालेकाले रोपाई अव बढ्ने उनको भनाइ छ ।

बाँकेमा यो वर्ष राम्ररी पानी पर्न सकेको छैन । १५ गतेयता हल्का–हल्का वर्षा भएको छ । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ । आकाशे पानीकै भर पर्नु र्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहाबाट प्रतिबन्धित कुखुरा बरामद

२५ असार २०७९, शनिबार १४:०७
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहाबाट प्रहरीले प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेको छ । नेपालभन्दा भारतमा सस्तो मूल्यमा पाइने भएकाले बोइलर नेपाल तस्कर हुने गरेको छ । भारतमा ३ सय रुपैयाँ किलोमा पाइने वोइलर कुखुरा नेपालमा ४ सय ४० रुपैयाँ प्रतिकिलो छ । खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले कुखुरा भित्र्याउने गरेका छन् […]

सम्बन्धित