सदरलाइनडटकम
२३ पुुुस नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा रहेको भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जले १ करोड ७ लाख ७८ हजार ५ सय ४१ रुपैया मुनाफा गरेको छ ।
संस्थाको शनिबार नेपालगन्जमा भएको २२ औ साधारण सभा कार्यक्रममा सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष बसन्त लामिछानेद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष ७२÷७३ मा ९३ लाख १५ हजार २३ रुपैंया ४ मुनाफा गरेको प्रतिबेदनमा उल्लेख छ ।
१ करोड ८५ लाख २५ हजार ४ सय चुक्त्ता पुजी रहेको उक्त सहकारीले यस आर्थिक बर्षमा २० करोड ७ लाख ५९ हजार ९ सय ५२ रुपैया निक्षेप गरेको छ भने कर्जातर्फ २३ करोड ९५ लाख ७० हजार ५ सय रहेको छ ।
२०५३ साल फागुन २४ गते स्थापना भएको सहकारीको हाल ३ हजार ३ सय ३८ सेयर सदस्य रहेका छन । संस्थाका अध्यक्ष बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रीय सदस्य देबबहादुुर केसी, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, अथितिहरुमा जिल्ला सहकारी संघका सदस्य विन्दा खरेल शेयर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका केन्द्रीय सदस्य केसीले जिल्लामा रहेका सम्पूर्ण सहकारीहरु सहकारी ऐन अनुुसार पुुस महिना भित्रै स्थानीय तहमा सूचीकृत हुुनुुपर्ने जानकारी दिए ।
उनले यस भेरी सहकारीले बाँके जिल्लामा रहेर सहकारी ऐन अनुुसार कार्य गरेको भन्दै आगामी भविष्यमा बाँकेको सहकारीहरुमध्ये नमूनाको रुपमा परिचित हुुन र कार्यदिशामा अगागि बढ्न समेत शुुभकामना ब्यक्तगरे ।
सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बाँके जिल्लामा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार नियमन र कानुुनी प्रक्रियामा ल्याउने तयारी भएको जानकारी दिईन ।
बाँकेमा जिल्लामा ४ सय ९ वटा सहकारी रहेका छन । कार्यक्रममा तिन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा बेलभार ५ का गुुरुदेव शरण मिश्र, कोहपुुर ८ का डिलबहादुुर थापा र बनकटवा ९ निवासी भैरवी कार्की रहेका छन् ।
प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रीय सदस्य केसी र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर थापामगरलाई मायाको चिनो प्रदान गरिएको संस्थाका सहायक ब्यवस्थापक शोभा गुुरुङ्गले जानकारी दिईन । ।