नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरु जुटे बकर ईदको तयारीमा

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १३:५१
 

नेपालगञ्ज : नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरु आफ्नो महान पर्व बकर ईदको तयारीमा जुटेका छन् । उनीहरुले आइतवार बकर ईद मनाउँदै छन् । सरकारले आइतवार सार्वजनिक विदा पनि दिएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।


इदको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हल्का बर्षाले बाँकेका किसानलाई राहत

२५ असार २०७९, शनिबार १३:५१
नेपालगञ्ज : हल्का बर्षा भएसँगै बाँकेका किसानले राहत महसुस गरेका छन् । हल्का वर्षासँगै रोपाई गर्न पाइने भएपछि किसानहरुले राहत महसुस गरेका हुन् । असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाई शुरु भएको बाँकेमा अहिलेसम्म ३० प्रतिशत हाराहारीमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले […]