धान बाली भित्र्याउने बेलामा परेको पानीले किसान चिन्तित्

यदुराज मिश्र २५ आश्विन २०७९, मंगलवार १४:४२
 

नेपालगञ्ज : बाँकेको बोगटिया गाउँका सुभाष वर्माले काटेर भित्र्याउने तयारी अवस्थामा राखिएको धान अविरल वर्षाले डुवाइ दिएको छ । उनले हिलाम्मे खेतमा थ्रेसर लगेर धान झार्ने प्रयास गरेका थिए । तर वर्षा नरोकिएकाले त्यो सम्भव भएन ।

हिरमिनियाका गु्लाव हुसेनका आँखा तीन दिनदेखि ओभाएका छैनन । तयारी अवस्थामा रहेको धानखेती चुर्लुम्म डुवेपछि १३ जनाको परिवार कसरी पाल्ने भन्नेमा उनको चिन्ता छ ।

त्यस्तै पीडा सञ्जय वर्माको पनि छ । पाक्नै लागेको धानवाली बर्षाले सखाप त बनायो नै एक हप्ता अघि छरेको तोरी खेती पनि चौपट्ट भएको छ ।


बाँकेका अधिकांश किसानले असारमा रोपेको धान काटेर खेतमा राखेका थिए । तर लगातारको बर्षाका कारण धानवाली नष्ट भएको छ । गतवर्ष पनि कार्तिकमा परेको वेमौसमी वर्षाले बाँके, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरसम्मकै पाकेर तयारी अवस्थामा रहेको हजारौ किसानको धान नष्ट भएको थियो । गएको वर्षको क्षतीपूर्ति नपाउँदै यो पटक पनि धानवालीमा ठूलो नोक्सानी पुगेको किसान नरुलाल मौर्यले बताए ।

खासगरी बाँकेको डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा बाढीले सबैभन्दा बढी क्षती गरेको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले करिव ९५ प्रतिशत धानवाली वर्षाले नष्ट गरेको बताए । उनले क्षतिपूर्तिका लागि स्थानीय सरकारले केही गर्न नसक्ने बताए ।

गतवर्ष धानखेतीमा भएको क्षतिका कारण उत्पादन समेत कम भएको थियो । यो वर्षपनि उत्पादन घट्ने र मूल्य आकाशिने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढुंगा खस्दा चौलागाईको घर पूर्णरुपमा क्षति

२५ आश्विन २०७९, मंगलवार १४:४२
नेपालगञ्ज : कालीकोटमा १३ जना मलामीको ज्यान गएको घटनाको पीडा नसेलाउँदै खाडाचक्र– ८ ऐछेनास्थित एक घर पहिरोका कारण पूर्ण रुपमा पुरिएको छ । लगातार पानी परिरहेकै बेला सोमबार अपरान्ह ४ वजे माथिबाट ठुलो ढुंगा खस्दा सरोज चौलागाइको दुई तले ढुंगाको घर पुरिएको हो । गोठसहितको सो घर पुरिएपछि १५ वटा […]