जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई पितृ शोक

सदरलाइन संवाददाता २३ आश्विन २०७९, आईतवार १४:०६
 

नेपालगञ्ज : जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँलाई पितृ शोक परेको छ ।

नेपाली काँग्रेसका पुर्ब जिल्ला सदस्य समेत रहेका खाँको पिता हाजी सब्बिर खाँको ७२ वर्षको उमेरमा आइतबार बिहान असमायिक निधन भएको हो ।


खाँको अन्त्येष्टि इस्लामिक परम्परा अनुसार स्थानीय कब्रस्तान बुढियागाउँमा जोहर नमाज पश्चात् दिउँसो गरिएको बताइएको छ ।

हाजी सब्बिर खाँको चार छोरा र दुई छोरी रहेको परिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहम्मद डे हर्षोल्लासका साथ मनाईंदै

२३ आश्विन २०७९, आईतवार १४:०६
नेपालगञ्ज : इस्लाम धर्मका प्रवक्ता एवम् अल्लाहका अन्तिम दूत हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको शुभ जन्मोत्सव आइतवार नेपालगञ्जमा हर्षोल्लासका साथ मनाईंदै छ । आइतबार बिहानै निकालिएको जुलुस नगर परिक्रमा गरि हर्षोल्लासका साथ मोहम्मद डे मनाईंदै छ ।

सम्बन्धित