जिभिएनले मनायो २२ औं वार्षिकत्सव सर्बोत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धता

२४ चैत्र २०७४, शनिबार १५:०३
 

सदरलाइनडटकम
२४ चैत, नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय बिद्या निकेतन
(जिभिएन)ले शनिवार आफ्नो २२ औं वार्षिकत्सव भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । वार्षिकत्सव कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले सांगितिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै सम्मानको कार्यक्रम समेत गरिएको छ ।
बिद्यालयतहदेखि प्लस टु समेत सन्चालनमा रहेको उक्त बिद्यालय पछिल्लो समय धेरै बिद्यार्थीहरुको रोजाइ बन्न सफल भएको बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाले बताए । उनले जिल्लास्तरिय परिक्षाहरुमा आफ्नो बिद्यालय जिल्लाकै उत्कृष्ट भएको र खेलकुद जस्ता अतिरिक्त गतिबिधिमा अरुलाई उछिनेको जानकारी दिए ।
‘हामी शैक्षिक गुणस्तर बृद्धि गरी बिद्यार्थीहरुको आकार बढाउन तिब्ररुपमा लागिपरेका छौं ।’ बिद्यालयका प्रिन्सिपल थापाले भने,—‘हाम्रो बिद्यालयलाई आगामी दुई वर्षभित्र हरेक गतिबिधिमा जिल्लाकै सर्बोत्कृष्ट बनाउने लक्ष्य सहित अघि बढेका छौं ।’ उनले बिद्यालयमा प्रविधिको अधिकत्म उपयोग गरी बिद्यार्थीहरुलाई नयां शैलीबाट अध्यापन गराइने पनि बताए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालीले सर्बशुलभ शुल्कमा आफ्नो बिद्यालयले गुणस्तरिय शिक्षा दिइरहेको बताए । उनले भने,—‘हरेक बर्ग तहका बिद्यार्थीहरुको रोजाई जिभिएन परेको छ ।’ उनले बिद्यालय सुधारका थप योजनाहरु अघि सारिने पनि बताए । कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख इश्र्वर पौडेलले सबै बिद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।
स्वागत मन्त्व्य ब्यक्त गर्दै बिद्यालय सन्चालक सदस्य केपी घिमिरेले थोरै बिद्यार्थीबाट सुरु गरेको बिद्यालय अहिले धेरै बिद्यार्थीहरु माझ सन्चालन भइरहेको भन्दै खुसी ब्यक्त गरे । कार्यक्रममा बिद्याल सन्चाक तोजेन्द्र बिक लगायतले बिद्यालयलाई सर्बोत्कृष्ट बनाउन प्रतिबद्धता जनाए । उक्त कार्यक्रमको सन्चालन बिद्यालय इन्चार्ज अभि खनालले गरेका थिए ।

Next Post

स्वास्थ्य सेवा दिवसमा प्रभातफेरी ‘सहज र प्रभावकारी सेवा प्रवाहमा चुनौती’

२४ चैत्र २०७४, शनिबार १५:०३
सदरलाइनडटकम  २४ चैत, नेपालगन्ज : स्वास्थ्य सेवा सबैलाई, जहिले पनि जहाँ पनि भन्ने मूल नाराका साथ ७० औं स्वास्थ्य सेवा दिवस नेपालगन्जमा प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरी मनाईएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा शनिबार विहान उप–महानगरपालिकाको कर्यालयबाट शुरु भएको प्रभातफेरी, धम्वोझी चौक हुँदै पुनः विपीचोक पुगेर सभामा परिणत भएको थियो […]

सम्बन्धित