प्रदेश सरकारको सहयोगमा कोहलपुरमा बृक्षारोपणको तयारी

सदरलाइन संवाददाता १९ असार २०७९, आईतवार १६:०८
 

नेपालगञ्ज : हरित सडक लुम्बिनी प्रदेशको पहिचान भन्ने मुख्य उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारको सहयोगमा कोहलपुरमा बृक्षारोपण गरिने भएको छ ।

कोहलपुर–नेपालगञ्ज सडक खण्ड अन्तर्गत् पर्ने वडा नम्वर ८, ९ र १४ को डिभाइडरमा बृक्षारोपण गरिने भएको हो । उपभोक्ता समूह नै गठन गरेर यो खण्डमा करिव ३२ सय विरुवा रोपिन लागिएको वडा नम्वर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले जानकारी दिए । बृक्षारोपणको सोमवार लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।


सडकको बीच खण्डमा राखिएको डिभाइडरमा ८ सय बढी छत्तिउन जातको विरुवा रोपिने बताइएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा हुने बृक्षारोपणमा स्थानीयबासी श्रमदान समेत गरेका छन् । हरित सडक बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराएको वडा अध्यक्ष योगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड

१९ असार २०७९, आईतवार १६:०८
नेपालगञ्ज : पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा बाँकेको कोहलपुरमा आइतवार सम्पन्न मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । पत्रकारिता समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएपनि […]