भेरीमा भेटिए २८ जना कोरोना संक्रमित

२ श्रावण २०७७, शुक्रबार १३:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब नमुना परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा बर्दिया, दाङ र रोल्पाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । बर्दियाका १०, रोल्पाका १३ र दाङका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये ७ महिला र २१ पुरुष रहेका छन् । बर्दियाको राजापुर, गेरुवा, ठाकुरबाबा र मधुबन, दाङको टोसम र दंगीशरण तथा रोल्पाको रोल्पा नगरपालिकाका संक्रमित भेटिएका हुन् ।


Next Post

नेपालगञ्ज कारागारका दुई जनामा कोरोना

२ श्रावण २०७७, शुक्रबार १३:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित कारागारका थुनुवा र एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइ रहेका नेपालगञ्ज ६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा संक्रमण पुष्टि भएको हो । विरामी परेपछि थुनुवालाई भेरी अस्पताल लगिएको र आइसोलेशन […]