लुम्बिनी प्रदेश सभामा बिशेष सम्वोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

सदरलाइन संवाददाता २५ माघ २०८१, शुक्रबार १८:४१
 

दाङ :  लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।


प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेका हुन । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।

फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघबाट समानिकरणको अनुदान नआउदा प्रदेशलाई आर्थिक भारः मुख्यमन्त्री आचार्य

२५ माघ २०८१, शुक्रबार १८:४१
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले गत बर्ष समानिकरणको अनुदान रकम नपठाउदा प्रदेश सरकारलाई आर्थिक भार थपिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसंग गरेको भर्चुअल बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समानिकरणको अनुदान रकम प्राप्त नहुदा प्रदेश सरकारलाई दुई अर्ब बढी आर्थिक दायित्व […]