डेंगी फैलिएपछि नेपालगञ्जमा लामखुट्टेका लार्भा नष्ट गरिँदै

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १३:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा डेंगी ज्वरोका विरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्न शुरु गरिएको छ । सोमबार विहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियानमा निस्केका हुन् ।

बाँकेमा ११ जनामा डैंगी देखिएपनि लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एकजनामा डेंगी देखिएपछि सचेतनाका लागि कार्यक्रम सुरु गरिएको पालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।

बसपार्क क्षेत्रमा रहेका टायर, पानीका बोत्तलभित्र जमेको पानीमा डेंगी सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परेका छन् ।


एडिस जातको लामखुट्टेको टोकाईबाट डेंगी सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क ब्यक्ति दुर्गा गौतमले जानकारी दिए ।

एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले पानी जम्ने टिन, प्लाष्टिकका डब्बा, र बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका किटजन्य रोग सम्पर्क ब्यक्ति तेज वलीले बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडामा समुदायस्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान शुरु गरिएको जानकारी दिए । लामखुट्टे नष्ट पार्ने कार्यमा नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्तकुमार कनौजिया लगायतका जनप्रतिनिधीहरुको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगरवासीको विश्वास जित्न स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह

२० भाद्र २०७९, सोमबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि शुरु भएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले एकवर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने वताए । सरकारी स्वास्थ्य […]