धनगढीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता ११ असार २०७९, शनिबार १४:४६
 

धनगढी : धनगढीमा प्रहरीले ५ लाख बढीको अवैध सामानसहित अटोरिक्सा बरामद गरेको छ । शनिबार धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले त्रिबेणीघाट ईलाकाबाट उक्त सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको हो । से १ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से१ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएका हुन् ।


करिब ५ लाख ५७ हजार ३६० बराबरको सामान बरामद गरेर आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘लागूऔषध नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने’

११ असार २०७९, शनिबार १४:४६
नेपालगञ्ज : लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आइतवार नेपालगञ्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी बसपार्क पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले लागूपदार्थ कारोवार तथा प्रयोगको […]