नेपालगञ्ज रंगशालामा दुबो लगाईंदै

१७ माघ २०७५, बिहीबार १४:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ८औँ राष्ट्रीय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल नेपालगञ्ज रंगशालामा बर्मुडा घाँस(दुबो) लगाउने कार्य शुरु भएको छ । भारतको कोलकाताबाट दुबो ल्याएर मैदानमा लगाउन लागिएको हो ।
सोही रंगशालामा प्रतियोगिताको उद्घाटन हुनेछ । जमिन सम्याउनेसहित दुबो लगाउने कार्यमा करीब ३६ लाख रुपैयाँ खर्च हुने भएको छ । रंगशालाका लागि ९० हजार स्क्वायर फिट दुबो ल्याइएको र दुबो लगाउने काम गरिरहेको गौतम नर्सरी भक्तपुरका सञ्चालक रविन गौतमले बताए । एक हप्तामा दुबो लगाउने कार्य सकिने सञ्चालक गौतमले जानकारी दिए ।
राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको उपस्थितिमा रङ्गशालामा दुबो लगाउने कार्य शुरु भएको हो । प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले राष्ट्रीय खेलकुद प्रतियोगिता फागुनभित्रै सञ्चालन हुने गरी निर्माण कार्य तीव्र पारिएको बताए । नेपालगञ्जमा माघ २५ देखि फागुन ३ गतेसम्म पूर्वनिर्धाति राष्ट्रीय खेलकुद प्रतियोगितामा निर्माण कार्य पूरा नभएका कारण पछि सार्ने राखेपको तयारी छ ।

Next Post

कर्मचारी अभावमा मोही बाँडफाँटमा समस्या

१७ माघ २०७५, बिहीबार १४:५३
सदरलाइनडटकम, नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा जग्गा बाँडफाँडका लागि परेको निवेदनको सनाखत भईरहेको छ । पछिल्लो एकमहिनाको अवधीमा ३ सय ६८ जना मोही किसानले निवेदन दिएका छन् । यसअघि मोही बाँडफाँडका दुई हजार ९२ निवेदनसहित मोही बाँडफाँडका दुई हजार ४६० निवेदन परेका छन् । कार्यालय प्रमुख प्रेम दौल्यालका […]

ताजा अपडेट