जानकीमा बाख्रा वितरण

सदरलाइन संवाददाता २१ बैशाख २०८०, बिहीबार १३:११
 

जानकी (बाँके) : जानकी गाउँपालिकाको पशु सेवा शाखा मानपुरले बाख्रा वितरण गरेको छ ।

कृषि खाध्य प्रविधी तथा भुमी व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशबाट अनुदान प्राप्त र जानकी गाउँपालिकाको समन्वयमा बुधवार वडा नम्वर ४ का असहाय गरिब किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

जानकी गाउँपालिकामा सञ्चालित बाख्रा प्रवर्धन कार्यक्रम पालिकास्तरीय २ दिने बाख्रा पालन तालिम सम्पन्न पश्चात् समुह सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो ।


वडा नम्वर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले बाख्रा पालनका लागी समुह सदस्यहरुलाई अहिलेलाई ५० वटा बाख्रा वितरण गरेको र पछि थप बाख्रा वितरण गरिने समेत बताए ।

तालिम सम्पन्न कार्यक्रममा बोल्दै पालिकका अध्यक्ष छब्बन खाँले किसानहरुको लागी यस्ता कार्यक्रम प्रदेश सरकार मार्फत पनि अनुदान आउन जरुरी रहेको बताए । उनले यस्ता कार्यक्रमबाट असहाय गरिब किसानहरुलाई केही मात्रामा भएपनि सहयोग पुग्ने समेत बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ , वडा नम्वर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा , वडा सदस्य हवी पठान ,पालिकाका परामर्षदाता शोहराव अलि दर्जी , पशु सेवा शाखाका प्रमुख दिल वहादुर खड्का र वडाका अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अखाद्य चामलसहित तीन कन्टेनर भन्सारमा अलपत्र

२१ बैशाख २०८०, बिहीबार १३:११
नेपालगञ्ज : विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो । जमुनाहा नाकाबाट भित्र्याउन लागिएको ५४ […]