सदरलाइनडटकम,
नेपालगञ्ज : सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ प्रदेशसभा सदस्य उत्तर कुमार ओलीलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । तुल्सिपुरबाट बिरगञ्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार बिहीवार बेलुकी लमही घोराही सडक खण्डमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको थियो भने सांसद ओलीसहित १३ जना घाइते भएका हुन् ।
ओलीको शिक्षण अस्पताल कोहलपुरमा रातिदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । डाक्टर सन्जिवकुमार झा सहितको चिकित्सक टोलीले सांसद ओलीको उपचार गरिरहेको छ ।
राती भन्दा अहिले उपचारमा सुधार भएकोले थप उपचारका लागि भारतको लखनउ वा काठमाण्डौ लैजाने तयारी भईरहेको अस्पतालका कुस्माखर बस्यालले जानकारी दिए ।
Next Post
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रिया शुरु
२५ माघ २०७५, शुक्रबार १०:४४
सम्बन्धित
-
२ बैशाख २०७६, सोमबार १४:४४
केन्याको बारबाट बाह्र नेपाली युवती पक्राउ
-
३ बैशाख २०७८, शुक्रबार १३:२८
मास्क लगाउन अनुरोध गर्दै बाँकेका सिडिओ
-
११ फाल्गुन २०७५, शनिबार १५:३६
अज्ञात समूहको निशानामा ‘एनसेल’
-
२५ जेष्ठ २०७८, मंगलवार १७:०२
बाँकेमा २८ संक्रमित थपिए, २८ जना कोरोनामुक्त
-
११ श्रावण २०८०, बिहीबार १३:३४
कोहलपुरबाट ५ किलो अफिमसहित तीन जना पक्राउ
-
२१ असार २०७८, सोमबार १३:५९
बाँकेमा सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हट्यो