लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सप्ताहव्यापी कार्यक्रम

सदरलाइन संवाददाता ११ असार २०७९, शनिबार १४:२७
 

नेपालगञ्ज : लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधविरुद्ध काम गरिरहेका संघसंस्थाले जनचेतनामुलक विविध गतिविधी गरेका हुन् ।


दिवसका अवसरमा असार ८ गतेदेखि कार्यक्रमहरु गरिएका छन् । लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरु र नाकामा सचेतनामुलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान प्रभात फेरीसँगै समापन हुनेछ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिवार पत्रकार सम्मेलन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागुऔषध प्रयोकर्ता, कारोबारी, पुनस्र्थापना केन्द्रका बारेमा जानकारी दिए ।

बाँकेका २० वटा पुनस्र्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जना सेवा लिइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढीले पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा साढे ५ लाख बढीको अवैध सामान बरामद

११ असार २०७९, शनिबार १४:२७
धनगढी : धनगढीमा प्रहरीले ५ लाख बढीको अवैध सामानसहित अटोरिक्सा बरामद गरेको छ । शनिबार धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले त्रिबेणीघाट ईलाकाबाट उक्त सामान बरामद गरेको हो । प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको हो । से १ ह […]