आठौंको पूर्वाधार निर्माणप्रति ध्यानाकर्षण

२५ चैत्र २०७५, सोमबार १७:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौ राष्ट्रिय खेलकुदका लागि निमार्ण भईरहेका भौतिक पूर्वाधारको पारदर्शिता नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । सुशासनका लागि नागरिक सञ्जाल बाँकेका तर्फबाट नागरिक समाजले सोमवार जिल्ला प्रशासन कायालयमार्फत युवा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
सञ्जालका संयोजक विश्वजित तिवारी नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद आर्याललाई सो ध्यानाकर्षण पत्र बुझाइएको हो । खेलकुद प्रतियोगिताको तयारीका क्रममा निमार्णधिन भौतिक पूर्वाधारको पूर्ण स्टिमेट विवरणसहितको सुचना बोर्ड राख्नुपर्ने, सबै पुर्वाधार निमार्ण गर्ने ग्यारेण्टी हुनुपर्ने, निमार्णका क्रममा गुणस्तरीय संरचना बनाउनुपर्ने, निमार्णधिन संरचनाको बेलाबेलामा अनुगमन गरिनु गर्ने, खेलकुद विकासका लागि दिर्घकालिन, कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने लगायत ८ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले यसलाई तत्काल सम्वन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाउँदै स्थानीयस्तरमा छलफलका लागि पहल गर्ने बताए ।

Next Post

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आगलागी

२५ चैत्र २०७५, सोमबार १७:५२
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमवार दिउँसो भएको आगलागीमा परि कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् । संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए […]

सम्बन्धित