उत्तम व्यवस्थापनमा आधारित धान खेती प्रविधि तालिम सम्पन्न

सदरलाइन संवाददाता १० असार २०७९, शुक्रबार १३:५५
 

डुडुवा (बाँके) : उत्तम व्यवस्थापनमा आधारित धान खेती प्रविधि तालिम शुक्रवार बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सम्पन्न भएको छ ।

महातरकारी उत्पादन सहकारी संस्था लिमिटेड हिरमिनिया तथा सिमिट अन्तर्गत नेपाल बीउ तथा मल परियोजना बाँकेको आयोजनामा सम्पन्न एक दिने तालिममा मलको सही मात्रा, सही प्रयोग, सही श्रोत, सही स्थान र समयका बारेमा अभिमुखिकरण गरिएको थियो ।


परियोजनाले ४÷५ वर्षको अनुसन्धानबाट पाएको कुरा कृषकहरुका बीच प्रस्तुत साझा गरेको थियो । धान रोप्ने बेलामा पाएको यो तालिम फलदायी भएको कृषकहरुले प्रतिक्रिया दिएका छन् ।

परियोजनाका कृषि अनुसन्धान प्राविधिक उत्तम कुँवर र सुशील कुँवरले सहजीकरण गर्नु भएको तालिममा वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रलगायत ४० जना कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १९ लाख बढिको अवैध खाद्यान बरामद

१० असार २०७९, शुक्रबार १३:५५
नेपालगञ्ज : भारतबाट भन्सार छली ल्याएको ठुलो परिमाणको चिनी र दाल बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी […]