स्वर्गद्वारीको दर्शन गरेर फर्किएका दुई भारतीय पहिरोमा परी बेपत्ता

सदरलाइन संवाददाता ६ असार २०७९, सोमबार १३:०६
 

नेपालगञ्ज : प्युठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय पहिरोमा परी बेपत्ता भएका छन् । लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट घर फर्किँदै गरेका दुई भारतीय कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा परी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बाँकेमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

६ असार २०७९, सोमबार १३:०६
नेपालगञ्ज : बाँके प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–८ का ३३ वर्षीय प्रेमबहादुर चौधरीलाई पक्राउ गरिएको हो । चौधरीलाई गएको मंसिर २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ७ महिना १६ दिन कैद र १० हजार जरिवाना तोकेको थियो । […]