विकास निर्माणका प्रतिबद्धता कार्यान्वयनका लागि खत्रीको पहल

सदरलाइन संवाददाता १४ पुष २०७९, बिहीबार १३:१९
 

नेपालगञ्ज : लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाएका छन् ।

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख गोविन्द महतारा सहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । सांसदमा निर्वाचित भएपछि खत्री पहिलो पटक सम्वद्ध कार्यालयका प्रमुखसहित निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

खत्रीले वडा नम्बर १,२,३,४,५ र ७ का विभिन्न स्थानमा तत्काल गर्न सकिने सडक तथा पक्कि पुल निर्माणको बारेमा स्थलगत अनुगमन गरि जानकारी लिए । सांसद खत्रीको अनुरोधका आधारमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डिपिआर बनाउने भएको छ ।


सो अवसरमा प्रदेश सांसद खत्री र कार्यालय प्रमुख महतारालाई एमाले नेता तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, पुर्व वडा अध्यक्ष मानबहादुर खत्रीले तत्काल गनुपर्ने सडक र पुलको विषयमा अवगत गराएका थिए ।

यसैगरी खत्रीले खजुरा गाउँपालिका वडा नम्बर ४ को ईगाउँदेखि बैजनाथको वडा नम्बर ७ पेडारी जोड्ने सडकको निर्माण अवस्थाबारे जानकारी लिएका छन् । खत्रीले प्रदेशको गौरबको योजना रहेको यो सडकका लागि बजेट ब्यवस्थापन गरि तत्कालै कालेपत्रेको रुपमा निर्माण कार्य अघि बढाउन पहल गर्ने बताए ।

सडक तथा अन्य पूर्वाधार विकास बारे निर्वाचनको समयमा गरिएका प्रतिवद्धता पुरा गर्नका लागि आफुले अहिलेदेखि नै प्रयास थालेको खत्रीको भनाई छ । उनले नयाँ सरकार गठन भएपछि वजेट ब्यवस्थापन गरि काम सुरु गर्नका लागि पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा असोजपछि पहिलो पटक देखियो कोभिड

१४ पुष २०७९, बिहीबार १३:१९
नेपालगञ्ज : बाँकेमा साढे तीन महिनापछि एक जनामा कोभिड पुष्टि भएको छ । जमुनाहा नाकामा बिहीवार जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि बिहीवार पहिलोपटक कोभिड पुष्टि भएको बताए । असोजयता बाँकेमा कोभिडको […]