नेपालगञ्ज : बाँके प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–८ का ३३ वर्षीय प्रेमबहादुर चौधरीलाई पक्राउ गरिएको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
चौधरीलाई गएको मंसिर २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ७ महिना १६ दिन कैद र १० हजार जरिवाना तोकेको थियो । त्यसपछि उनी फरार थिए । उनलाई जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।