बाँकेमा मंगलवार ७७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ४ माघ २०७८, मंगलवार १५:१३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ४५ नमुना जाँच गर्दा ७७ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा ७१ नमुना जाँच गर्दा ४१, मेडिकल कलेज कोहलपुरमा ५५ नमुना जाँच गर्दा २८ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रले जनाएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५१ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ७ सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्धारा ६ महिनाको कार्यप्रगति विवरण सार्वजनिक

४ माघ २०७८, मंगलवार १५:१३
नेपालगञ्ज : बाँके प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्ष ०७८/०७९ को कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । ६ महिनाको यो अवधिमा बाँके प्रहरीले राजश्व संकलनमा भारी वृद्धि गरेको छ । […]