कोहलपुरमा सामुहिक बलात्कारको आरोपमा दुई पक्राउ

२१ पुष २०७३, बिहीबार ०८:४१
 

सदरलाइनडटकम 
२१ पुस, नेपालगन्ज : साँझको समयमा अलपत्र परेकी किशोरीलाई घर पु¥याई दिने बाहानामा कोहलपुरमा सामुहिक बलात्कार भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार बुधबार राती करिव ८ बजेतिर कोहलपुर साझा नजिकै १८ वर्षिया किशोरीलाई घर पु¥याई दिने भन्दै आफ्नै कोठामा लगेर सामुहिक बलात्कार भएको जानकारी दिए ।
उनले सो घटनामा संलग्न रहेको आरोपमा कोहलपुर–७ का १८ वर्षिय मुस्कान आचार्य र सोही ठाँउका १७ वर्षिय सेर सिकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको बताए ।
प्रहरीले घटनाको जनाकारी पाउने वित्तिकै पीडित किशोरीको मेडिकल जाँच गराई अनुसंन्धान अघि बढाएको उनले बताए । उनले भने–‘पीडितले चिनेजाने कै व्यक्तिको संलग्नतामा घर पु¥याई दिने भन्दै कोठमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीलाई जानकारी आए लगत्तै पीडितलाई उपचार र पीडकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शितलहरवाट जोगिन बर्दियाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२१ पुष २०७३, बिहीबार ०८:४१
सदरलाइनडटकम      २१ पुस, गुलरिया (बर्दिया) : बर्दियाका जेष्ठ नागरिकलाई शितलहरवाट जोगाउन जिल्ला दैविप्रकोप उद्धार समिति वर्दियाले विभिन्न सघसस्थाको सहयोगमा न्यानो कपडा वितरण गरेको छ । बिहिवार जेष्ठ नागरिक सघको व्यवस्थापन तथा फाया नेपालको सहयोगमा ५ सय४० जाना जेष्ठ नागरिकका लागि प्राप्त न्यानो कपडा बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर […]