निर्माण कम्पनीको लापरवाहीले कोहलपुरबासीलाई समस्या

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १६:०८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा समयमै विकासको आयोजना सम्पन्न नहुँदा स्थानीयलाई समस्या परेको छ ।

बाँकेको कोहलपुरमा ठेक्का पाएको निर्माण कम्पनीले लापरवाहीका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम पुरा हुन सकेको छैन । जसका कारण दैनिक स्थानीयले सास्थी भोग्दै आएका छन् ।


नाला समयमै निर्माण नहुँदा दैनिक दुर्घटनाको पनि जोखिम बढिरहेको छ । कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरेको थियो । तर निर्माण कम्पनीको लापरबाहीले करोडौ रुपैयाँको योजना समयमै पुरा हुन सकेन ।

नाला निर्माण अलपत्र हुँदा बच्चाहरु स्कुलबाट आउन जान, व्यापार÷व्यवसाय गर्न र पानीको निकास नहुँदा डुबान हुने समस्या भोग्नु परेको स्थानीयवासी बताउँछन् । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउन लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेकी एक किशोरी बर्दियामा बलात्कृत, आरोपमा २ जना पक्राउ

६ श्रावण २०७९, शुक्रबार १६:०८
बर्दिया : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.२ की १६ वर्षिय किशोरी बलात्कृत भएकी छन् । बिहीबार ति किशोरी बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.५ स्थित आफ्नो दिदीको घरमा जाने क्रममा बढैयाताल गाउँपालिकाको फुलबारी स्थित सडकमा बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा बैजनाथ गाउँपालिका वडा नं.८ गुरुदयालपुर बस्ने बर्ष ३० को […]

सम्बन्धित