नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा ६२० थान पिपिई सहयोग

१३ चैत्र २०७६, बिहीबार १८:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज उद्योग वाणिज्य संघले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणका बिरुद्ध अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने उद्देश्यले प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।

संघले भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको जनाएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई ६ सय २० बढि पिपिई हस्तान्तरण गरेको जानकारी दिए । थप अन्य पिपिई तयार गरिदैको अवस्था रहेको जनाएको छ ।


पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । नेपालगञ्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो ।

संघका अध्यक्ष मन्सुरीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार भएको बताउदै संघका अध्यक्ष मन्सुरीले भने,–‘कोरोना बिरुद्धको अभियानमा निरन्तर सहयोग रहने छ ।’

Next Post

पत्रकारलाई नेपालगञ्ज उद्योग वाणिज्य संघको ग्लोब्स र सेनिटाइजर

१३ चैत्र २०७६, बिहीबार १८:३०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगाउने उद्देश्यले समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरेका हुन । कोरोना […]