बाँकेमा यसवर्ष १ सय ३३ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिने

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार १७:५०
 

नेपालगञ्ज : सरकारले असार महिनालाई बृक्षारोपणको महिनाको रुपमा मनाउँदै छ । असार महिना बृक्षारोपणको महिना भएको हुनाले डिभिजन बन कार्यालय बाँकेले यस वर्षपनि बृक्षारोपण गर्ने जनाएको छ ।

गतवर्ष ५० हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरेको बन कार्यालयले यस वर्ष जिल्ला भरिनै झन्डै १ सय ३३ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्ने लक्ष्य लिएको छ । जसका लागि ६ लाख ६० हजार बिरुवा बन कार्यालयमा उत्पादन भइरहेका छन् ।


मुख्यतयः राप्ती नदीदेखि पारी तिरका क्षेत्रहरुमा अलिबढि बृक्षरोपण गर्ने जनाएको छ । यस पटक बन कार्यालयले तारबार, हेरालु र स्थानीयको सहभागितामा बृक्षारोपण गर्ने बताइएको छ ।

हरेक वर्ष अन्य खालका बिरुवा बितरण गर्दै आएको बन कार्यालयले यसवर्षबाट फलफुलका बिरुवाहरु पनि बितरण गर्ने जनाएको छ । जसका लागि २५ हजार फलफुलका बिरुवाको टेन्डर प्रकिया शुरु गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सडक कब्जा गरेर व्यवसाय गर्दा ट्राफिक व्यवस्थापनमा समस्या

३ असार २०७९, शुक्रबार १७:५०
नेपालगञ्ज : नेपालगञ्जमा सडक कब्जा गरेर व्यवसाय चल्न थालेपछि यहाँको फराकिलो सडक समेत खुम्चिदै गएको देखिएको छ । जसले गर्दा सवारी साधन जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । मनपरीरूपमा गरिएको सडक व्यापार व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरकाका जनप्रतिनिधी तथा मेयर उपमेयरसमेत उदासीन देखिएका छन् । उपमहानगरपालकाको प्रवेशद्धारमै जथाभावी तरकारीदेखि फलफुलको […]