करेन्ट लागेर देउखुरीमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार १२:५६
 

दाङ : दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी करिब ४५ बर्षीय मोहन चौधरीको शुक्रवार विहान मोटरबाट पानी तानेर खेतमा चार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घरबाट तानिएको तारमा करेन्ट प्रसारण हुँदा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

३ असार २०७९, शुक्रबार १२:५६
कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति साढे १० बजे गोदावरी नगरपालिका–६ लालपुरमा सु.प.प्र. ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब […]